काठमाडौं । चरिथ असलंका श्रीलंकन एकदिवसीय क्रिकेट टोलीको कप्तान बनेका छन् । श्रीलंकन क्रिकेट बोर्डले भारतविरुद्धको एकदीवसय शृंखलाका लागि असलंकाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गर्यो ।
भारतविरुद्धको ट्वान्टी–२० सिरिजमा पनि उनले श्रीलंकाको कप्तानी गरेका थिए। ट्वान्टी–२० विश्वकपमा श्रीलंकाले लज्जास्पद प्रदर्शन गरेपछि वानिन्दु हसरंगाले कप्तानीबाट राजीनामा दिएका थिए ।
डिसेम्बर २०२३ मा मेन्डिसलाई एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरिएको थियो। मेन्डिसले गत वर्षको एकदिवसीय विश्वकपमा श्रीलंकाका कप्तानी गरेका थिए।
मेन्डिसले ब्याटिङमा राम्रो लयमा समातेकका छन्। उनको कप्तानीमा श्रीलंकाले आठ एकदिवसीयमध्ये ६ वटा जितेको छ। तर, यसका बाबजुद असालान्कालाई कप्तानी जिम्मेवारी दिइएको हो। घरेलु टोली श्रीलंकाले भारतविरुद्ध तीन खेलको शृंखला खेल्दैछ । शृंखला अगस्ट २ देखि सुरु हुनेछ ।
श्रीलंकन एकदिवसीय टोली