काभा नेसन्स महिला भलिबल लिग : नेपालको विजयी सुरुआत

Image

काठमाडौं । काभा नेसन्स महिला लिगमा नेपाली महिला भलिबल टिमले विजयी सुरुआत गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

नेपालले खेलको पहिलो सेट २५–१९ ले जितेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको हो । आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल पाँच देशको सहभागिता छ ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, इरान र माल्दिभ्सको सहभागिता छ । नेपालले अब शनिबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।

साउन २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणबाट शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । जसबाट विजयी दुई टिमले उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।