अमेरिकाविरुद्ध शानदार जित निकाल्दै मोरोक्को सेमिफाइनलमा

Image

काठमार्डौ । अमेरिकाविरुद्ध ४-० को शानदार जित निकाल्दै मोरोक्को पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शुक्रबार मोरोक्कोलाई जित दिलाउन सोफियान राहिमी, इल्यास अखोमच, अचरफ हाकिमी र एल मेहदी मोउहुबले गोल गरे ।

खेलको २९औं मिनेटमा रहिमीको पेनाल्टी गोलमार्फत मोरोक्कोले अग्रता लिएको थियो ।६३औं मिनेटमा अखोमचले टोलीको अग्रता दोब्बर बनाए ।

सात मिनेटपछि हाकिमीले गोल गर्दा मोरोक्को ३-० ले अगाडि बढ्यो । इन्जुरी समयमा मोउहुबले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

मोरोक्कोले पहिलो पटक ओलम्पिकमा सेमिफाइनल यात्रा तय गरेको हो ।