काभा बिच भलिबलमा नेपाली पुरुष टोली फाइनलमा

Image

काठमाडौँ । नेपाली पुरुष टोली काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार बिहान भएको सेमिफाइनलमा माल्दिभ्सलाई २-० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले पहिलो सेट २१-१० ले जितेको थियो। अर्को सेट २१-१६ ले आफ्नो पक्षमा पार्‍यो।

यस्तै यसअघि नेपालको महिला राष्ट्रिय बिच भलिबल जोडी च्याम्पियनसिपकोन महिलातर्फको फाइनलमा पुगेको थियो । उज्वेकिस्तानको‌ जोडीलाई शनिबार २-० को‌ सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाली जोडीले २१-१३, २१-१२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।