काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

Image

काठमाडौं । नेपाली पुरुष टोलीले काभा बिच भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा माल्दिभ्स ए सँग नेपाल २-० को सोझो सेटमा पराजित हुँदै उपविजेतामा खुम्चिएको हो।

माल्दिभ्स ए ले का मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१-१९, २१-१७ ले पराजित गर्‍यो। मानबहादुर र दिलबहादुरको जोडीले दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा पनि रजत जितेको थियो।