पारो एफसीविरुद्ध खेल्ने चर्च ब्वाइजको टोली घोषणा, यी खेलाडीले पाए माैका

Image

काठमाडौं । ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि टोली घोषणा गरेको छ। क्लबले सामाजिक सञ्जालमार्फत अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको जानकारी दिएको हो। चर्च ब्वाइजले दशरथ रंगशालामा साउन २९ गते भुटानको पारो एफसीको सामना गर्दैछ।

चर्च ब्वाइजको टोली :

गोलकिपर : दीप कार्की, टिकेन्द्र थापा, रेम्बो चौधरी

डिफेन्डर: छिरिङ लामा, एकराज बुढाथोकी, ओमोलाजा करीम, सौभाग्य राई, अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ

मिडफिल्डर: अरिक विष्ट, पिटर बन्द, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष झार्ग मगर

फरवार्ड : अन्जन विष्ट, मोसेस ट्वम, निरज चौधरी, आयुष घलान, सञ्जीव विष्ट, आदित्य शाक्य

यस्तै टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा रमेश दंगाल छन्।