चाैथो सेट भारतले जित्यो, पाँचौं सेटमा धकेलियो खेल

Image

काठमाडौं । घरेलु टोली नेपाल र भारतबीच जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनल पाँचौं सेटमा लम्बिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा चौथो सेट नेपालले २१-२५ ले गुमायो ।

यससँगै खेल २-२ सेटको बराबरीमा पुगेको छ । पहिलो सेटमा नेपाल २५-२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा नेपाल २५-२२ ले अगाडि रह्यो ।