रोहित पाैडेलआबद्ध टोरन्टो ग्लोबल टी-२० को फाइनलमा

Image

काठमाडौं । क्यानडा टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स एक बल पनि नखेलि इलिमिनेटरबाट बाहिरिएको छ ।

रोहित सम्मिलित टोरोन्टोले शनिबार बिहान इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्ने तालिका रहेको थियो । तर, निरन्तरको वर्षाका कारण खेल सम्भव नभएपछि टस समेत नभई खेल रद्द भएको हो ।

लिग चरणको अंकको आधारमा बंग्लाले क्वालिफायर्स २ मा स्थान बनाएको हो । लिग चरणमा बंग्लाको ९ र टोरोन्टोको ७ अंक थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स भने लिग चरणबाट नै बाहिरिएको थियो ।

एजेन्सी । क्यानडामा भईरहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स फाइनल प्रवेश गरेको छ ।

शनिबार बेलुका भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको हो । दोस्रो क्वालिफायर खेलमा पनि रोहित भने बेन्चमा नै रहेका थिए । बंग्ला टाइगर्सले सुपर ओभर खेल्न नमाने पछि टोरोन्टो दोस्रो क्वालिफायका लागि छनोट भएको थियो ।

वर्षाका कारण इलिमिनेटर खेल हुन नसके पछि सुपर ओभरबाट निर्णय लिने लिगको नियम रहेको थियो । तर, बंग्लाले सुपर ओभर खेल्न अस्विकार गरे पछि टोरोन्टो दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो ।

वुल्भ्सले दिएको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । टोरोन्टोका लागि ओपनर तथा कप्तान कोलिन मुनरोले २० बलमा सर्वाधिक ३६,मोहम्मद नवाजले अविजित २४ तथा ओपनर उन्मुक्त चन्दले १९ रन जोडे ।

वुल्भ्सका लागि अखिल कुमारले ३ तथा एन्ट्रु टाय र बेउ वेबस्टारले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वुल्भ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो । वुल्भ्सका लागि निक हबसनले ३४ बलमा अविजित रहँदै सर्वाधिक ५१ रन जोडे । जर्ज मुन्सेले २६, ज्याक जार्बिसले २० तथा कप्तान डेबिड वार्नरले १३ रन जोडे ।

टोरोन्टोका लागि रोमारियो शेफर्डले ४ तथा जितेन्द्रपाल माथरुले २ विकेट लिए । फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ । फाइनल आइतबार बेलुका हुँदैछ ।