रोहित आबद्ध टोरोन्टो फाइनल खेल्दै

Image

एजेन्सी । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स उपाधिका लागि आज खेल्दैछ ।

टोरोन्टोले फाइनलमा साविक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ । फाइनल खेल नेपाली समय अनुसार बेलुका ९ः४५ बजे सुरु हुनेछ ।

शनिबार भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको थियो ।

वर्षाले प्रभावित पहिलो क्वालिफायर्समा रद्द भएको थियो । लिगको शिर्ष स्थानमा रहॅंदै प्लेअफमा स्थान बनाएको कारण टाइगर्स फाइनलका लागि छनोट भएको थियो ।