महिला फ्रेन्चाइज भलिबल लिगका लागि मार्की खेलाडी घोषणा, यी खेलाडीले पाए मौका

Image

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीको मार्की खेलाडी सार्वजनिक गरिएको छ ।

इन्फिनिटीड्रिम्स प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि आइतबार ६ मार्की खेलाडी घोषणा गरियो ।

सरस्वती चौधारी गण्डकी, उषा भण्डारी काठमाडौं, निरुता ठगुन्ना मधेश, अरुणा शाही चितवन, सुमित्रा रेग्मी कर्णाली र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडीमा चुनिएका छन् ।

मार्की खेलाडी घोणषासँगै अरु खेलाडी टोलीमा भित्र्याउन ड्राफ्ट हुने आयोजकले जनाएको छ। यसैगरी प्रतियोगिताका फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।