अन्तिम मैत्रीपूर्ण खेलमा लस पाल्समसँग बराबरीमा रोकियो लिभरपुल

Image

काठमाडौं । लिभरपुल प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा लस पाल्मससँग लिभरपुल गोलरहित बराबरीमा रोकिएको छ।

घरेलु मैदान एनफिल्डमा आइतबार भएको खेलमा लिभरपुलले अधिकांश दोस्रो रोजाइका खेलाडीलाई मौका दिएको थियो ।

आइतबार नै भएको पहिलो मैत्रीपूर्ण खेलमा भने लिभरपुलले सेभियाविरुद्ध ४-१ को सहज जित निकालेको थियो ।

लिभरपुलले अर्को शनिबार इप्विच टाउनसँग खेल्दै प्रिमियर लिगको सुरुआत गर्नेछ। इप्विच टाउन यसै सिजन प्रिमियर लिगमा उक्लिएको हो।