काठमाडौं । अफगानिस्तानका अलराउन्डर राशिद खानले चोटका कारण ‘द हन्ड्रेड’का बाँकी खेल गुमाउने भएका छन् । ट्रेन्ट रकेटले राशिद प्रतियोगिताबाट बाहिरिएको जानकारी दियो । उनको मांसपेशीमा समस्या देखिएको छ ।
राशिले ट्रेन्ट रकेटका लागि पाँच खेल खेल्दा ४४ रन बनाउनुका साथ नौ विकेट लिए। क्लबले उनको स्थानमा अस्ट्रेलियाका क्यामरन ग्रिनलाई टोलीमा समावेश गरेको छ ।
घाइते भएपछि राशिदले अर्को महिना न्युजिल्यान्डविरुद्धको टेस्ट खेल्नेमा शंका उत्पन्न भएको छ । एकमात्र टेस्ट सेप्टेम्बर ९ देखि १३ सम्म हुँदैछ ।

















