काठमाडौं । भारतमा जारी डुरान्ड कपमा विभागीय त्रिभुवन आर्मी क्लब एफसीले अन्तिम खेलमा पहिलो जित दर्ता गरेको छ । अन्तिम खेलमा जित हासिल गर्दै पनि आर्मी क्लब एफसीले डुरान्ड कपबाट बाहिरिएको हो ।
जवाहरलाल नेहरु रंगशालामा मंगलबार भएको समूह ‘एफ’ को आफ्नो अन्तिम खेलमा आर्मीले रांगदाजित युनाइटेलाई २-० ले पराजित गरेको हो। आर्मीलाई जितमा दुवै गोल जिलेस्पीजंग कार्कीले गरे ।
उनले २१ र ५७औं मिनेटमा गोल गरे । आर्मी पहिलो खेलमा आइ लिग टोली सिलोङ लाजोङ १-० र दोस्रो खेलमा आइएसएल टोली गोवा एफसीसँग २-१ ले पराजित भएको थियो ।

















