अलराउन्डर आदिल अन्सारीलाई क्रिकेटमा फर्काउनेबारे यस्तो भन्छ क्यान

Image

काठमाडौं । क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारेमा नेपाल क्रिकेट संघ(क्यान) को आगामी बोर्ड बैठकले निर्णय गर्ने भएको छ ।क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आदिलको निलम्बनका बारेमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताए ।

क्यानको असार २१ मा बसेको बोर्ड बैठकको निणर्य नम्बर १३ मा म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिलको निलम्बन फुकुवा प्रकृया सम्बन्धमा संघको अनुशासन समितिलाई १ हप्ताभित्र आवश्यक निर्णयका सिफारिस गर्न जिम्मेवारी दिइएको थियो ।

‘क्यानकाे अनुशासन समितिले आफ्नो निर्णय तयार गरिसक्यो । केही दिनमा नै बस्ने क्यानको बोर्ड बैठकले यस बारेमा थप निर्णय लिनेछ,’ प्रवक्ता लामाले भने ‘एउटा खेलाडीलाई लागेको प्रतिबन्ध फुकुवा गर्ने अधिकार कुनै समितिमा हुन्न । त्यो बोर्डको अधिकार हो । त्यसकारण बोर्डले यसबारेमा चाँडै नै निणर्य दिनेछ ।’

सन् २०२२ मा भएको पहिलो संस्करणको नेपाल टि ट्वान्टी लिगका क्रममा म्याच फिक्सिङमा सम्लग्न देखिए पछि आलममाथि क्यानले प्रतिबन्ध लगाएको थियो । अदालतले उनलाई सफाई दिएपछि क्यान प्रतिबन्धका बिषयमा पुर्नविचार गर्ने प्रक्रियामा छ ।