काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ९९औं स्थानमा पुगेको छ।
अघिल्लो वरीयतामा नेपाल ९८औं स्थानमा थियो। दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ। नेपाल भन्दाअघि भारत ६८औं स्थानमा छ।
यसैगरी नेपाल भन्दापछि बंगलादेश १३९, श्रीलंका १५७, पाकिस्तान १५८, माल्दिभ्स १६१ र भुटान १७५औं स्थानमा छन् । अमेरिका चार स्थान सुधार गर्दै वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।
इङ्ल्यान्ड पनि एक स्थानमाथि उक्लिदै दोस्रो स्थानमा पुगेको छ । यसअघि शीर्ष स्थानमा रहेको स्पेन तेस्रो स्थानमा झरेको छ । यस्तै जर्मनी, स्विडेन, क्यानाडा, जापान, ब्राजित उत्तर कोरिया र फ्रान्स क्रमशः चौथो देखि १०औं स्थानमा छन् ।

















