नेपाल एक खेलअगावै सेमिफाइनलमा

Image

काठमाडौं । घरेलु टोली नेपाल र बंगलादेश एक खेल अगावै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बंगलदेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै समूह ‘ए’ बाट सेमिफाइन पुग्ने टोलीको टुंगो लाग्यो ।

अब बिहीबार हुने नेपाल र बंगादेशबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ । दुवै खेलमा पराजित श्रीलंका अंकविहिन हुँदै बाहिरिएको छ । पहिलो खेलमा श्रीलंका नेपालसँग १-० ले पराजित भएको थियो ।

बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लाम र पिएश अहमद नोभाले गोल गरे । खेलको १८औं मिनेटमा इस्लामको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । उनले राबी हुसेन राहुलको क्रसलाई वाच टचमै पोस्टको दिशा दिएका थिए । अन्त्यतिर नोभाले गोल गर्दै बंगलादेशको जित पक्का गरे ।