Khabar Board

विश्वकप लिग टुमा अमेरिकामाथि नेदरल्यान्ड्सको जित

काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।

यो खेलसँगै लिग टुको चाैथाे राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमायो । अमेरिकाले २ मा जित तथा २ खेलमा हारको सामना गर्यो । नेदरल्यान्ड्समा बुधबार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि २७ रनको जित हात पारेको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय ७ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४५.५ ओभरमा अल आउट हुदै १ सय ७९ रन मात्र बनायो । अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ६६ रन जोडे । उनले ७९ बलमा ८ चौका र १ छक्का प्रहार गरे । शयान जाहिङ्गर र हरमित सिंहले समान २० तथा शाल्डि भान साक्वयले १२ रन जोडे । नेदरल्यान्ड्सका काइल क्लेनले ४ , पल भान मेकरमले ३, आर्यान दत्त र भिभियन किंग्माले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९.१ ओभरमा २ सय ६ रन जोड्दै अल आउट भएको थियो । हनेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले सर्वाधिक ७७ रन जाडे । उनले १ सय २६ बलमा ६ चौका प्रहार गरेका थिए । अर्का ओपनर माइकल लेभिटले ३८ बलमा ३३, नोहा क्रोसले ३३ बलमा २७, विक्रमजित सिंहले २१ बलमा १८ तथा आर्यान दत्तले १० रन जोडे ।

अमेरिकाका लागि नोस्तुक केजिंके, शाल्डि भान साक्वय र हरमित सिंहले समान २ विकेट लिए । ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स १२ अंकका साथ शीर्ष स्थानमा छ । पराजित अमेरिका ४ अंकका साथ पाँचौ स्थानमा छ । अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.