यू-१९ राष्ट्रिय क्रिकेट खेल्ने सुदूरपश्चिमकाे टाेली घाेषणा, यी खेलाडीले पाए माैका

Image

बैतडी । नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिमकाे टाेली घाेषणा गरिएको छ। हेमन्त धामीकाे कप्तानीमा १४ सदस्यीय टाेली गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे।

टाेलीकाे उपकप्तानमा नरेन भट्ट,अन्य सदस्यहरूमा नरेन साउद,सचिन भट्ट,कैलाश ऐर,युवराज खत्री, अशाेक धामी,अभिषेक थापा ,आषिश लुहार,आयुश द्वारिया,प्रकाश पाण्डेय,दिपक राेकाया,दिपेश बाेहरा र राजेश ऐर छनाैट भएका छन्। यस्तै खगेन्द्र महरा,सुमित बुडाल,कृष शाही र शाैर्य श्रेष्ठ वैकल्पिक खेलाडीकाे रूपमा रहेका छन्।

कात्तिक ४ गतेदेखि फाप्ला मैदानमा २४ खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए। बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अन्तिम १४ मा अटाएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयाे।

यसअघि डडेल्धुराकाे परशुराममा सम्पन्न प्रदेशस्तरीय छनाैट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाे आधारमा २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएकाे थियाे। नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक १० गतेदेखि विराटनगरमा हुदैछ। सुदूरपश्चिमले पहिलाे खेल कात्तिक १२ गते लुम्बिनी प्रदेशसंग खेल्नेछ ।

राष्ट्रिय प्रतियोगितामा सातैवटै प्रदेशका टाेली सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयाे। शिर्ष दुई टाेली कात्तिक २१ गते फाइनलमा भिड्नेछन् ।