लामिन यामल घाइते, यी खेल गुमाउने

Image

काठमाडौं । स्पेनिस लिगाको क्लब बार्सिलोनाका युवा विंगर लमिन यमल कम्तिमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् । च्याम्पियन्स लिगअन्तर्गत गत बुधबार क्रिभेना ज्भेज्दा (रेड स्टार) विरुद्धको खेलमा स्पेनिस स्टार यमललाई चोट लागेको थियो । उनको दाहिने घुँडामा चोट लागेको छ ।

चोटका कारण यमलले स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियाल सोसिडाडविरुद्धको खेल गुमाएका थिए । उक्त खेलमा बार्सिलोना १–० ले पराजित भएको थियो। ‘केही दिनयता उनको उपचार भइरहेको छ। तर असहजता अझै कम भएको छैन। उनको रिकभरीले उपलब्धता निर्धारण गर्नेछ,’ क्लबले भनेको छ।

प्रशिक्षक ह्यान्सी फ्लिकका अनुसार क्लबले आइतबार यमलको चोटको परीक्षण गरेको थियो। तर, उनी खेल्न नसक्ने अवस्थामा रहेको कारण आराम दिइएको फ्लिकले बताए। यमलले बार्सिलोनाका कम्तीमा पनि तीन खेल गुमाउने भएका छन् । यसैगरी उनी डेनमार्क र स्विट्जरल्यान्डविरुद्धको खेलमा पनि देखिने छैनन् ।