हेटौंडामा अनुपम घलान स्मृति फुटबल प्रतियोगिता हुने

Image

हेटौंडा/ हेटौंडामा आगामी फाल्गुन ७ गतेदेखि फुटबल प्रतियोगिता आयोजना हुने भएको छ, जुन प्रतियोगिता अनुपम घलान र पहिरोमा ज्यान गुमाएका अन्य खेलाडीहरूको स्मृतिमा आयोजना गरिएको हो। हेटौंडा उपमहनगरपालिका खेलकुद विकास समितिले १६ वर्ष मुनिका खेलाडीहरूको टिमबीच प्रतियोगिता सञ्चालन गरिने र १९ वटै वडाका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्ने नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेले बताउनुभयो।

प्रतियोगिता नकआउट विधिमा हुनेछ यस्तै बिजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय स्थान प्राप्त  गर्ने टिमले ७० हजार रुपैयाँ प्राप्त गर्नेछ, साथै विभिन्न विधागत पुरस्कारहरू पनि निर्धारित गरिएको जानकारी दिदै प्रतियोगितामा सहभागि टिमहरूले फाल्गुन ४ गतेभित्र नगरपालिकाको नगर खेलकुद विकास समितिमा टिम दर्ता गराउन अध्यक्ष घिमिरेले आग्रह गर्नु भयो।

शुक्रबार खेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, सदस्यहरु यज्ञ बहादुर राई र सुनिल लोप्चन लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।