हेटौंडा/ स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ कैलाश गाउँपालिका तथा खेलकुद विकास समितिकाे आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ हुने भएकाको छ।
कैलाश गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता-२०८१ संचालन हुने भएकोले यस पालिका अन्तर्गत रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरुलाई सहभागिताको लागि अनुरोध गरिएको छ ।
२०८१/११/०८ गते देखि ०९ गते सम्म खेल हुने छ भने खेल कैलाश गाउँपालिका भवानी माध्यामिक बिध्यालय कैलाश ३ कालिकाटार मा हुने कैलाश खेलकुद बिकास समितिले जनाएको छ।
प्रतियोगितामा संचालन हुने इभेन्टहरुः १) भलिबल : • छात्र/छात्रा दुवै ९/९ जना मात्र २) एथलेटिक्स : क) दौड (ट्याक) तर्फ : विद्यार्थी : १०० मि., २०० मि., ४०० मि., ८०० मि. छात्रा : १०० मि., २०० मि., ४०० मि. ख) उफ्रने र फ्याक्ने (फिल्ड) तर्फ : छात्र : हाइजम्प, लडजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड छात्रा : हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम, सटफुट ८ पाउन्ड ३) मार्सल आर्टस् तर्फ : • तेक्वान्दो : छात्र :- ४५ के.जि. मुनी, ४८ केजी। मुनी, ५१ केजी। मुनी, ५५ केजी। मुनी, ५९ केजी। मुनी समूह र एकल पुम्से छात्रा : ४२ केजी मुनी, ४४ केजी। मुनी, ४६ केजी। मुनी, ४९ केजी। मुनी, ५२ केजी। मुनी समूह र एकल पुम्से हुनेछन्।
खेलका नियमहरूः • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौ संशोधन २०८०/८/११) अनुसार खेल खेलाइने छ । ITF तेक्वान्दोलाई ऐच्छिक खेलको रूपमा खेलाइने छ ।
• चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रूपमा अध्ययन गरिरहेका १८ वर्ष मुनिका विद्यार्थीहरूमात्र खेलकुद प्रतियोगितामा सहभागी हुनसक्ने छन यस्तै विद्यालयको परिचयपत्र अनिवार्य साथमा हुनुपर्ने कैलाश गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमुल श्रेष्ठले जानकारी दिनुभयो।