हेटौंडा/ हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-५ क्याम्पा रंगशालामा बुधबारदेखि स्वर्गीय अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगितामा उपमहानगरपालिकाका १० टिम सहभागी छन्। विजेताले १ लाख रुपैयाँ नगद, उपविजेताले ७० हजार रुपैयाँ नगदसहित विभिन्न विधागत पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ।
उद्घाटन कार्यक्रममा स्वर्गीय अनुपम घलानका पिता तथा जिसस मकवानपुरका प्रमुख ललित घलान, आमा ललिता घलान, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।

















