हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकामा जारि पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भवानी माध्यमिक विद्यालय, कैलाश-३ ले हात पारेको छ।
भवानी माविले ९ स्वर्ण, १ रजत, र २ कांस्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो। कमलादेवी मावि, कैलाश-२ ले ४ स्वर्ण र १ कांस्य पदकसहित दोस्रो स्थान प्राप्त गर्यो, भने कालिका मावि, कैलाश-९ ले २ स्वर्ण, ५ रजत, र ६ कांस्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगिता कैलाश खेलकुद विकास समितिको व्यवस्थापनमा भवानी माविको खेल मैदानमा सम्पन्न भएको थियो। ६ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएको प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरू यसप्रकार छन्:
व्यक्तिगत खेल परिणाम
• हाईजम्प (छात्रा): समूना मल्ल (प्रथम), गोमा बर्तौला (द्वितीय), रुथ जिम्बा (तृतीय)
• हाईजम्प (छात्र): नमराज मुक्तान (प्रथम), उसप मुक्तान (द्वितीय), विशाल मोक्तान (तृतीय)
• सटपुट (छात्रा): सरिता सुनार (प्रथम), भीममाया गुरुङ (द्वितीय), लक्ष्मी थोकर (तृतीय)
• सटपुट (छात्र): अजित थिङ (प्रथम), उदय मुक्तान (द्वितीय), साजन कुमार वाईवा (तृतीय)
• ज्याभलिन थ्रो (छात्रा): मुना गुरुङ (प्रथम), प्रियन्ना थिङ (द्वितीय), मनिषा मुक्तान (तृतीय)
• ज्याभलिन थ्रो (छात्र): नवराज मुक्तान (प्रथम), दिवाकर प्रजा (द्वितीय), सोनाम घिसिङ (तृतीय)
• लङ्गजम्प (छात्रा): समूना मल्ल (प्रथम), विनिता थिङ (द्वितीय), गोमा बर्तौला (तृतीय)
• ८०० मिटर दौड (छात्र): अनक मुक्तान (प्रथम), विकास थिङ (द्वितीय), विप्लव घिसिङ (तृतीय)
• ४०० मिटर दौड (छात्रा): सदीक्षा गुरुङ (प्रथम), रेश्मा स्याङ्बो (द्वितीय), सञ्जमाया मुक्तान (तृतीय)
• ४०० मिटर दौड (छात्र): रमन थिङ (प्रथम), सुरेश खड्का (द्वितीय), सुनील प्रजा (तृतीय)
• २०० मिटर दौड (छात्रा): सविना वाईवा (प्रथम), मनिषा नेगी (द्वितीय), मनमाया बुलुन (तृतीय)
• २०० मिटर दौड (छात्र): आमोश चेपाङ (प्रथम), सुदीप मुक्तान (द्वितीय), दिवाकर प्रजा (तृतीय)
• १०० मिटर दौड (छात्रा): प्रकृति सुवेदी (प्रथम), गोमा बर्तौला (द्वितीय), सविना वाईवा (तृतीय)
• १०० मिटर दौड (छात्र): विकास थिङ (प्रथम), विकास परियार (द्वितीय), नीमा थिङ (तृतीय)
समूहगत खेल परिणाम
• भलिबल: कमलादेवी मावि विजेता, धुवाङ मावि उपविजेता
प्रतियोगिता कैलाश गाउँपालिकाको अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यता तथा खेलकुद समितिका संयोजक मोहन वाईवाको अध्यक्षतामा सम्पन्न भएको पालिकाका सुचना अधिकारी प्रकाश राईले जानकारी दिनुभयो। विजयी खेलाडीहरूलाई पालिका अध्यक्ष मोक्तान र उपाध्यक्ष बालकुमार मल्लले शिल्ड, प्रमाणपत्र, र पदक प्रदान गर्नु भएको उहाले बताउनुभयो।
प्रतियोगितामा कैलाश गाउँपालिकाका विभिन्न विद्यालय—कमलादेवी मावि (कैलाश-२), भवानी मावि (कैलाश-३), व्यास मावि (कैलाश-६), धुवाङ मावि (कैलाश-८), कालिका मावि (कैलाश-९), र रत्नज्योति मावि (कैलाश-१०) का विद्यार्थीहरूले सहभागिता रहेको राईले बताउनुभयो।

















