हेटौंडा/ मनहरी गाउँपालिका–४, गोलघर खेल मैदानलाई मिनी रंगशाला बनाउने उद्देश्यले डिटेल प्रोजेक्ट रिपोर्ट (DPR) तयार गर्ने काम सुरु भएको छ। मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती को सक्रियतामा काम अगाडि बढाएको मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो। यस्तै कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा लगायत स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।
केही महिना अघि चैनपुर जेसीज मनहरीले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन समारोहका क्रममा बागमती प्रदेशका खेलकुद मन्त्री मिनकृष्ण महर्जनले गोलघर मैदानको स्तरोन्नतिका लागि सहयोग गर्ने जनाउनुभएको थियो। उक्त अवसरमा मन्त्री महर्जनले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारको साथ र सहयोग रहिरहने प्रतिवद्धता गर्नु भएको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो।
उक्त मिनि रंगशाला बनाउने तयारीमा स्थानीय तह र प्रदेश सरकारबीच आवश्यक समन्वय र सहजीकरणको काम भइरहेको र स्थानीय खेलाडीहरूको सुविधा र खेल क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले यो परियोजना अघि बढाउन लागिएको अध्यक्ष कालाखेतीले बताउनुभयो।

















