हेटौंडा/ मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा तथा नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको समन्वयमा आयोजित दोश्रो जिल्ला स्तरीय खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष दिपक खड्का को प्रमुख आतिथ्यता तथा ११ नम्बर वडा अध्यक्ष जुना दाहालको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खुल्ला तर्फबाट रेवति कार्की, सुरेन्द्र श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ भने द्वितीय स्थान बिरु गुरुङ, नरेन्द्र मुक्तानले हासिल गर्नुभएको छ।
उहाँलाई मकवानपुर जिल्ला ब्याडमिन्टन संघले प्रमाण-पत्र प्रदान साथै नगद सहित हार्दिक बधाई ज्ञापन गरेको छ।
कार्यक्रम संयोजक सुरेन्द्र प्रधानले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेलकुदको माध्यमबाट युवामा सकारात्मक सोच र अनुशासनको विकास गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताएका छन्।
नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेले पनि प्रतियोगितामा सहभागी सबै खेलाडीहरूलाई धन्यवाद दिँदै खेलकुदको क्षेत्रमा अझ बढी प्रगति गर्न निरन्तर लाग्नुपर्नेमा जोड दिनुभएको छ।
१० चैत्र, २०८१ मा सम्पन्न यस प्रतियोगिताले मकवानपुर जिल्लामा ब्याडमिन्टन खेललाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

















