हेटौंडामा जेठ ३ देखि मेयर कप फुटबल: १९ वडाको सहभागिता, विजेतालाई २.५ लाख पुरस्कार

Image

हेटौंडा/  हेटौंडामा जेठ ३ गतेदेखि सुरु हुने मेयर कप फुटबल प्रतियोगितामा नगरका सबै १९ वटा वडाको टिमहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आयोजना गरिनेछ।

समितिका अध्यक्ष रविन्द्र घिमिरेले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक जानकारी गराउँदै उपमहानगरपालिकाबाट रु. २० लाखको बजेट प्राप्त भएको र प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने बताए।

नगरका सबै वडाबाट इच्छुक टिमहरूले वैशाख २८ गतेभित्र निःशुल्क दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता नगर कार्यपालिकाको कार्यालयमा रहेको नगर खेलकुद विकास समितिमा गरिनेछ।
पुरस्कार राशीहरू यस प्रकार छन्:
• विजेता टिम: रु. २,५०,०००
• उपविजेता टिम: रु. २,००,०००
• सर्वोत्कृष्ट खेलाडी: रु. १५,०००
• उत्कृष्ट फर्वाडर, गोलकिपर, डिफेन्डर र प्रशिक्षक: जनही रु. १०,०००

गत वर्ष सम्पन्न मेयर कप २०८१ मा हेटौंडा–४ विजयी बनेको थियो।