हेटौंडा।
मकवानपुरमा हाल १० वटै स्थानीय तहमा मतगणना भइरहेको छ । जसमध्ये नेपाली कांग्रेसले तीन वटा वडामा अध्यक्ष जितेको छ। इन्द्रसरोबर गाउँपालिका-१ भीमफेदी गाउँपालिका-१ र मनहरी गाउँपालिका-१ मा जित हासिल गरेको छ। भने एमाले लगायत अन्य दल शुन्य रहेका
जसमा इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका शुवास थापा मगरले ७ सय ५३ मत प्राप्त गरि बिजयी भएका छन् ।
उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गरेका छन् । यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिग,गोमा लामा बिजयी भएकाछन भने दलित तर्फ सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्बसम्मत भएकी थिईन ।
भीमफेदी गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी भएका छन् । वडाध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङतानले ९१० मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नंबर १ मा १६४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका शिव प्रसाद खनाल विजयी भएका हुन । उनले १ हजार ९७ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भिमसेन अधिकारीले ३ सय ९० मत पाएका थिए भने समाजबादी र माओबादीको गठबन्धनले ३ सय १० मत पाएका थिए ।
त्यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसकै दिपक ढकाल,सानोकान्छा घलान,सेती माया तामाङ,सावित्री घिमीरे बिजयी भएकाछन् । उक्त वडामा जम्मा १ हजार ७ सय मत खसेको थियो