हेटौंडा/ हेटौंडा र आसपासका क्षेत्रका ग्राहक तथा सम्भावित खरिदकर्तालाई लक्षित गर्दै टोयोटा गाडीहरूको अनुभव गराउने विशेष कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा सहभागी हुनेहरूले विभिन्न टोयोटा मोडेलहरूको टेस्ट ड्राइभ गर्न पाउनेछन्। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.को आयोजनामा तीन दिने विशेष प्रदर्शनी तथा टेस्ट ड्राइभ कार्यक्रम सञ्चालनमा आएको हो।
टेस्ट ड्राइभ गर्ने ग्राहकहरूलाई कम्पनीले आकर्षक उपहार समेत प्रदान गर्ने जनाएको छ। साथै, कार्यक्रममार्फत टोयोटाले उपलब्ध गराउँदै आएका सेवा तथा सुविधाबारे विस्तृत जानकारी लिन सकिनेछ।
कम्पनीले हेटौंडा र आसपासका सबै इच्छुक ग्राहकहरूलाई कार्यक्रममा सहभागी भई टोयोटा गाडीहरूको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ।














