बन्दैछ, “लाेकतान्त्रिक चाैर(ह्रप्र) आकर्षक र सुविधा सम्पन्न”

Image

हेटाैँडा/बाग्मती प्रदेशकाे राजधानी हेटाैँडा उपमहानगरपालिका ४ नं. वडामा रहेकाे लाेकतान्त्रिक चाैर(हुप्र) लाई सुविधा सम्पन्न र आकर्षक चाैरकाे रूपमा विकास गरिने भएकाे छ । करिव ३ कराेडकाे बजेट व्यवस्थापन गरि चाैरलाई बाग्मती प्रदेश कै खुल्ला नमुना चाैरकाे रूपमा विकास गर्न खाेजिएकाे हेटाैँडाकी नगर प्रमुख मिनाकुमारी लामाले बताउनु भयाे । उहाँले हेटाैँडा नगरलाई महिला मैत्री सहर निर्माण परियाेजना अन्तरगत चाैरकाे मास्टर प्लान बनाउने कार्य अन्तिम चरणमा पुगेकाे र मास्टर प्लान बनेसंगै निर्माण कार्यकाे लागि बाेलपत्र आव्हान गरिने बताउनु भयाे । महिला मैत्री सहर निर्माण परियाेजना र अन्य श्राेतबाट बजेटकाे व्यवस्थापन समेत गरिने बताउनुभयाे ।

हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले चाैरलाई फुटबल, भलिवल र क्रिकेट खेल मैदानलाई थप व्यवस्थित बनाईने, खुल्ला जीम मर्मत र थप गर्ने, बालबालिका खेल्ने, जेष्ठ नागरिककाे लागि विशेष स्थलकाे व्यवस्था गर्ने, विभिन्न स्थान बस्ने र आराम गर्ने स्थान बनाईने, गेट र मञ्च थप सुविधाजनक र आकर्षक बनाईने बताउनु भयाे । उहाँले यसअघि सार्वजनिक शाैचालय, हिँड्ने ट्रय्याक, भलिवल काेर्ट निर्माण गरिएकाे र क्रिकेट केज बनाउने कार्य जारी रहेकाे बताउनुभयाे ।

वडा कार्यालयकाे व्यवस्थापनमा मर्मत र नियमित सरसफाई गरिदै आएकाे चाैरमा हालै ४ वटा हाई मार्क्स जडान गरि रातमा पनि चाैर क्षेत्र उज्ज्यालाे बनाउने व्यवस्था गरिएकाे छ । चाैरलाई महिला, बालबालिका, अपाङ्ग र खेलमैत्री बनाउन विशेष ध्यान दिईएकाे वडा अध्यक्ष सिग्देलकाे जानकारी दिनुभयाे ।