हेटौडामा ‘विश्वास डेन्टल क्लिनिक’ सञ्चालनमा, नयाँ वर्षमा विशेष छुटको घोषणा

Image

हेटौडा/ हेटौडा–२ कान्तिराज पथस्थित प्रधान कम्प्लेक्समा ‘विश्वास डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ। डा. क्षितिज प्रसाईको स्वामित्वमा सुरु भएको उक्त क्लिनिकले दाँत तथा गिजासम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने जनाएको छ।

क्लिनिकमा आधुनिक प्रविधिको प्रयोग गर्दै Endomotor मार्फत RCT उपचार, डिजिटल एक्स–रे सेवा, दाँत सफा गर्ने तथा भर्ने, दुखाई रहित दाँत निकाल्ने लगायतका सेवा प्रदान गरिँदै आएको छ। साथै नमिलेको दाँत मिलाउने, कृत्रिम दाँत राख्ने, विशेषज्ञद्वारा इम्प्लान्ट सेवा तथा बालबालिकाका दाँत र गिजासम्बन्धी समस्या पनि सहज रूपमा उपचार गरिने क्लिनिकले जनाएको छ।

क्लिनिकमा अनुभवी विशेषज्ञहरूको टोली उपलब्ध रहेको छ। जसमा प्रोस्थोडोन्टिस्ट तथा इम्प्लान्टोलोजिस्ट डा. पदम नेपाली, अर्थोडोन्टिस्ट डा. नवीन चौधरी तथा म्याक्सिलोफेसियल सर्जन डा. आविष्कार बस्नेत रहेका छन्। यसैबीच, नयाँ वर्ष २०८३ को अवसर पारेर क्लिनिकले विशेष छुट योजना सार्वजनिक गरेको छ। वैशाख १ गतेदेखि १४ गतेसम्म जनरल डेन्टल सर्जनद्वारा प्रदान गरिने सेवामा २० प्रतिशत छुट दिइने क्लिनिकले जानकारी दिएको छ।

आधुनिक प्रविधि र विशेषज्ञ सेवासहित सञ्चालनमा आएको ‘विश्वास डेन्टल क्लिनिक’ले हेटौडावासीलाई गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्ने विश्वास लिएको छ।