हेटाैँडा/हेटाैँडा- ४ नं. वडा कार्यालयले आधुनिक राष्ट्रिय मावि, हेटाैँडा-४ काे शैक्षिक सभाहललाई २ सय ७० वटा कुर्सी हस्तान्तरण गरेकाे छ । शुक्रबार एक कार्यक्रमबीच हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलकाे विशेष उपस्थितिमा कुर्सी हस्तान्तरण गरिएकाे हाे ।
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, विध्यलय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, विध्यालयका प्रअ रामसागर गुरागाईँ, समाजसेवी भवानी शर्मा, टाेल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, विध्यालय व्यवस्थापन समितिकी सदस्य रेणुका फुँयाल र पिटिए अध्यक्ष केदार ढाेडरीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
५ लाख बराबरकाे कुर्सी विध्यालयकाे शैक्षिक सभाहललाई सहयाेग उपलब्ध गराईएकाे वडा सचिव रामप्रसाद गुरागाईँले बताउनु भयाे । कुर्सीकाे व्यवस्थापनपछि सभाहल सुचारूकाे लागि सहज भएकाे विध्यालयका प्रअ रामसागर गुरागाईँले बताउनु भयाे ।
विध्यालयकाे विभिन्न भाैतिक सुधार, साईन्स ल्याव र विभिन्न शैक्षिक क्रियाकलापमा वडा कार्यालयबाट विभिन्न आर्थिक वर्षमा सहयाेग उपलब्ध गराउँदै आएकाे वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयाे ।
चाैतर्फी शैक्षिक विकासकाे लागि वडा कार्यालयले विभिन्न कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएकाे र शैक्षिक विकासलाई प्राथमिकता दिईएकाे वडा अध्यक्ष सिग्देलले बताउनुभयाे ।
















