हेटौंडा/ हेटौँडा उपमहानगरपालिका–१९ स्थित निर्मल माध्यमिक विद्यालय मा कक्षा ११ को भर्ना धमाधम भइरहेको छ। विद्यालयले गुणस्तरीय शिक्षा तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै विद्यार्थीको आकर्षण बढाउँदै आएको जनाएको छ।
विद्यालयका प्रिन्सिपल प्रबोध बिडारी का अनुसार कक्षा १२ को पठनपाठन आगामी जेठ ४ गते सोमबारदेखि सञ्चालन हुने भएको छ। उहाँले कक्षा ११ बाट १२ मा ग्रेड भएका विद्यार्थी संख्या १२३ रहेको जानकारी दिनुभयो।
विद्यालयमा हाल कानुन, व्यवस्थापन , मानविकी संकायअन्तर्गत अध्यापन भइरहेको छ। विशेषगरी व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स विषय विद्यार्थीहरूको आकर्षणको केन्द्र बनेको विद्यालयले जनाएको छ।
विद्यालयले अनुभवी शिक्षक तथा आधुनिक शिक्षण पद्धतिमार्फत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइएको छ।














