हेटाैँडा बन्दैछ आईटीकाे हव

Image

हेटौंडा/ बाग्मती प्रदेश सरकार र भाैतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकाेटालाई हार्दिक धन्यवाद ।

भुटनदेवी मावि, हेटाैँडा-४ मा आईटी पार्क(पब्लिक नलेज सेन्टर) निर्माण हुने भएकाे छ । यस पार्ककाे निर्माणले बाग्मती प्रदेशकाे राजधानी हेटाैँडालाई आईटीकाे हवकाे रूपमा विकास गर्न सकिनेछ ।

आईटि पार्क निर्माण पछि सूचना र प्रविधिका नयाँ प्रविधि भित्र्याउने, अध्ययन र अनुसन्धान गर्ने, राेजगारीकाे सृजना हुनेछ । विध्यालय शिक्षालाई प्रविधिमैत्री गुणस्तरीय बनाउन र पब्लिककाे समेत सूचना प्रविधिमा सहज पहुँच पुर्याउने, सूचना र प्रविधिकाे क्षेत्रमा खाेज, अनुसन्धान, प्रयाेग र राेजगारीलाई प्राथमिकता पाउने छ ।

बाग्मती प्रदेश सरकारकाे भाैतिक पूर्वाधार विकास मन्त्रालयले आईटि पार्ककाे डिपिआर र निर्माण कार्यमा बजेट बिनियाेजन गरेकाे छ ।
वडा कार्यालयकाे पहल र समन्वय र भाैतिक पूर्वाधार विकास मन्त्री माननीय दिनेशचन्द्र देवकाेटाले आईटी पार्क निर्माणकाे लागि आवश्यक निर्णय गर्नु भएकाेमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यस अघि भुटनदेवी माविलाई मेघा विध्यालय निर्माणकाे पूर्वाधार निर्माणकाे लागि हेटाैँडा उपमहानगर पालिका र विध्यालयकाे लागत साझेदारीमा ३ कराेडकाे १२ काेठे तीन तल्ला भवन निर्माणकाे टेण्डर भईसकेकाे छ ।