सुदूरपश्चिममा एमालेको प्रदेश अधिवेशन सर्‍यो, कहिले हुन्छ ?

Image

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सारिएको छ। कोरोनाका कारण अधिवेशन माघ २८ गतेसम्मका लागि सारिएको एमाले सुदूरपश्चिमले जनाएको छ।

यसअघि माघ ८ का लागि अधिवेशन तोकिएको थियो। कोरोना संक्रमणको दर नघटेमा पुनः मिति सर्ने बताइएको छ। कोरोनाको जोखिम कम भएपछि अधिवेशन गरिने जनाइएको छ।