काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिक टोलीले जहाज जाँच गरिरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए ।
सो जहाजमा रहेका एकजना यात्रुले भने आकाशमै हवाई जहाजको ढोका खुलेपछि आफूहरुलाई पुनः विमानस्थलमै फर्काइएको बताए ।
सो जहाजको आज बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो ।















