कञ्चनपुर र डडेल्धुरा प्रशासनद्वारा अत्यावश्यकबाहेक सबै सेवा बन्द

Image

धनगढी । कञ्चनपुर र डडेल्धुरा प्रशासनले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेका छन्। दुबै जिल्लाका प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिम बढेको बताउदै सूचना जारी गरी अत्यावश्यकबाहेक सबै सेवा स्थगन गरेको जानकारी दिएका हुन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भोलिदेखि अर्को सूचना जारी नभए सम्मका लागि शान्ती सुरक्षा, मुद्धा सुनुवाई र अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता, नविकरण, पेन्सन सिफारिस लगायतका सेवा स्थगित गरिएको सूचनामा उल्लेख गरेका छन्।

उता डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भोलिदेखि अत्यावश्यक सेवा मात्र सञ्चालन हुने जनाएका छन्। शान्ती सुरक्षा, मुद्धा सुनुवाई र अत्यावश्यक सेवा मात्र सञ्चालन हुने जाेशीले बताए।