जिल्ला प्रशासन बैतडीद्वारा ११ बुँदे आदेश जारी, के गर्न पाइन्छ,के पाइदैन ? (आदेश-सहित)

Image

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना रोकथामका लागि ११ बुदे आदेश जारी गरेको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र गतिमा फैलिरहेका बेला ओमिक्रन संक्रमण फैलन नदिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको सुचना अधिकारी खगेन्द्र भारतीले बताए ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र DCCMC को निर्णय अनुसार जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिड विरुद्धको खोप कार्ड अनिवार्य लगायतका ११ बुँदे आदेश जारी गरिएको हो ।

कोभिड १९ संक्रमण फैलन नदिन धार्मिक वा सांस्कृतिक ठाउँहरुमा जात्रा, बिवाहा, ब्रतवन्ध लगायतका अन्य अत्यावश्यक सामाजिक कार्यहरु सञ्चालन गर्दा बढीमा २५ जना मात्रै उपस्थित हुन पाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी कार्यक्रम सञ्चालन गर्न आदेशमा भनिएको छ ।

सार्वजनिक यातायातको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, चालक र सहचालकले अनिवार्य मास्क र फेस सिल्ड लगाउनु पर्ने ,यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने लगायतका ११ ओटा निर्णय गरिएको छ ।

आदेशको अवज्ञा गरिएको पाइएमा संक्रामक रोग ऐन २०२० र प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।