एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा भट्ट

Image

धनगढी । एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन्। आज बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो।

भट्ट बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। यस्तै आजको बैठकले १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न समेत निर्देशन दिएको छ ।