काठमाडौं । हालसम्म विश्वभर ३६ करोड २१ लाख ३० हजार ४२३ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये अमेरिकामा सबै भन्दा बढी ७ करोड ९ लाख ९ हजार ५२७ जनामा संक्रमण भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
देश संख्या
- अमेरिका ७ करोड ९ लाख ९ हजार ५२७
- भारत ४ करोड ८५ हजार ११६
- ब्राजिल २ करोड ४५ लाख ६० हजार ९३
- फ्रान्स १ करोड ७८ लाख ४८ हजार २९१
- बेलायत १ करोड ६२ लाख ६० हजार ८८२
- टर्की १ करोड ११ लाख ६७ हजार ९२७
- रुस १ करोड ११ लाख २९ हजार ३१८
- इटाली १ करोड ३ लाख ८३ हजार ५६१
- स्पेन ९५ लाख २९ हजार ३२०















