आजबाट काठमाडौंमा जोरविजोर प्रणालीमा यस्तो नियम

Image

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधान (बस, माइक्रो र टेम्पु)मा आजबाट जोरविजोर प्रणाली हटाइएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाइएको हो ।

निजी सवारी साधान (दुई पांग्रेसहित) ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख अधिकारीहरुको शुक्रबार बसेको बैठकले अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागु नगर्ने निर्णय गरेको छ ।

सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । लामो दूरीमा चल्ने सवारी साधानले बीच बाटोमा यात्रु चढाउन पाउने छैनन्।
औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा ( जोरबिजोर प्रणाली लागु हुने छैन ।

खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान सञ्चालन गर्न पाइने छ।