बैतडी । बैतडीमा थप ४२ जनामा काेराेना पुष्टि भएकाे छ । शनिबार गरिएकाे परीक्षणमा जिल्लामा थप ४२ जनामा काेराेना पुष्टि भएकाे हाे।
स्वास्थ्यकार्यालयका अनुसार शनिबार पुर्चाैडीका १६ जना, पाटनका १२, दशरथचन्द नगरपालिकाका ४ जना, सिगास गाउँपालिकाका १ जना, शिवनाथ गउँपालिकाका २ जना र जिल्ला बाहिरका ७ जनामा काेराेना पुष्टि भएकाे छ ।
थप ४२ जनामा काेराेना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितकाे संख्या २ सय ४८ पुगेकाे छ। 















