हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु’ हेटौंडा नगर कमिटीले सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
आज हेटौंडाको बुद्धचोकमा गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।
नगर कमिटीका संयोजक नवराज शर्मा र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख उपस्थित रहेको थियो ।
कार्यक्रममा एमालेका बगमती प्रदेश कमिटी उपसचिव महेश कुमार बार्तौला, एमालेकै बगमती प्रदेश सदस्यहरु अनन्त पौडेल,रामचन्द्र राई ,अर्जुन अर्याल ,एमाले मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ ,सचिव नविन सिग्देल को उपस्थिति रहेको थियो ।















