बैतडी । बैतडीबाट प्रधानमन्त्रीलाइ २१ बुदे ज्ञापन पत्र बुझाइएको छ । विभिन्न माग सहित नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी बैतडी, मानवअधिकार एलायन्स, अखिल नेपाल महिला संघ बैतडीले संयुक्त रुपमा सोमबार जिल्ला प्रसासन कार्यालय बैतडी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विभिन्न माग गर्दै २१ बुदे ज्ञापन पत्र बुझाएको हो ।
नेकपा एमालेका जनवर्गिाय संगठनहरुले स्थानीयतहको मिति अबिलम्ब घोषण गर्न, संवैधानिक व्यवस्थाअनुसार भुमिहिन दलित सुकुम्बासीलाइ जमिन उपलब्ध गराउन निष्पक्ष ढंगले कार्यान्वयन गर्न, राष्ट्रिय दलित आयोगलाइ प्रभावकारी बनाउन , सबैको पहुँच हुनेगरि आवस्यक कोभिड खोप स्वास्थ्य सर्तकताको प्रवन्ध गर्न , पूर्ववती सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको अवधारणा र विकासका योजनाहरुलाइ निरन्तता दिन, र मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न लगायतका २१ बुदे माग अघि सारेर सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी अध्यक्ष बलभद्र दायलले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा उल्लेखीत मागहरु समयमै पुरा गर्न वेवास्था गरिए जनवर्गिाय संगठनहरुले निर्णयक आन्दोलनको घोषण गर्ने र सो आन्दोलनबाट उत्पन्न हुने जुनसुकै अवस्थाको जिम्मेवार स्वयम सरकारले लिुन पर्ने ज्ञापनपत्रमा भनिएको छ ।















