हेटौंडा। अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सांसदबाट पारित गर्नु नहुनेभन्दै हेटौंडामा दिनहुँ प्रदर्शन हुन थालेको छ ।
सरकारले सदनबाट एमसीसी परियोजना पारित गर्ने तयारी गरिरहेसँगै हेटौंडामा सत्तारुढ र विपक्षी दुवै दलका भ्रातृ संगठनले विरोध प्रर्दशन गरिरहेका छन् । सोही क्रममा शुक्रबार दिउँसो हेटौंडमा राष्ट्रवादी तथा वीर गोरर्खाली नामक युवाहरुको समूहले पनि वर्तमान सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्य वृद्धि संगै संसदबाट पास गर्न लागिएको एमसीसी परियोजनाको विरोध प्रदर्शन गरेका हुन् ।
गोर्खाली नामक युवा समूहले हेटौंडामा मोटरसाइकल र्याली निकाल्दै नारबाजी गरी बजार क्षेत्र परिक्रमा गरेका थिए । भने युवाहरुले हेटौंडाको सीमा चोकमा सरकार विरुद्ध चर्कोस्वरमा नाराबाजी समेत गरेका थिए ।
















