अब धनगढीबाट पोखराको सिधा उडान हुने; कुन-कुन बार उडान हुने त ?

Image

धनगढी । अब धनगढीबाट पोखराको सिधा उडान सुरु हुने भएको छ । बुद्ध एयरले आगामी मार्च १ देखि धनगढीबाट पोखराको सिधा उडान भर्ने भएको छ।

बुद्ध एयरका अनुसार जनकपुरधाम र धनगढीबाट पनि सुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको छ।

कुन कुन बार उडान हुने त ?

जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिबार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान हुने बताइएको छ। यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउने तयारी रहेको छ।