कैलालीमा बसले ठक्कर दिँदा तिन जना घाइते

Image

धनगढी । कैलालीमा बसले ठक्कर दिँदा ३ जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपलिका स्याउलेमा बसले ठक्कर दिँदा ३ जना घाइते भएका हुन्।

ना ५ ख ८४१० नम्बरको बसले पैदल यात्री गोदावरी नगरपालिका ६ बस्ने नन्द राना, सोहि ठाउँका सन्तोश चौधरी र पार्वती चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइतेहरुको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।  बस र चालक इलाका प्रहरी कार्यालय मालाखेतीको नियान्त्रणमा रहेको प्रहरीले बताएको छ।