बैतडी । नेकपा एमाले बैतडी जिल्ला कमिटिको दोस्रो बैठक सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षता तथा केन्द्रिय सदस्य एबम बैतडी जिल्ला ईन्चार्ज पुरन दयालको प्रमुख आतिथ्यतामा बुधवार पार्टी कार्यालय गढीमा बैठक सम्पन्न भएको हो । बैठलले जिल्ला १० वटै स्थानिय तहका ईन्चार्ज र बिभिन्न बिभाग प्रमुख तोकेको पार्टीका प्रचार तथा प्रकाशन बिभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।
दशरथचन्द नगरपालिकाको ईन्चार्जमा निर्मल पाण्डे, पाटन नगरपालिकाको ईन्चार्जमा देबेन्द्र कुवँर, मेलौली नगरपालिकाको ईन्चार्जमा जग्दीश नायक, पुर्चौडी नगरपालिकाको ईन्चार्जमा केशब राज पन्त, दोगडाकेदार गाउँपालिकाको ईन्चार्जमा जनक चन्द र डिलाशैनी गाउँपालिकाको ईन्चार्जमा अक्कल राना तोकिएका छन् । यस्तै सुर्नया गाउँपालिकाको ईन्चार्जमा मान बहादुर बिष्ट, सिगास गाउँपालिकाको ईन्चार्जमा योगेन्द्र अवस्थी, शिवनाथ गाउँपालिकाको ईन्चार्जमा दानी राम पहरी र पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा जनक बहादुर चन्द तोकिए छन् ।
त्यसै गरी पार्टी स्कुल बिभाग प्रमुखमा रमिल बम, संगठन बिभाग प्रमुखमा चक्र बहादुर कार्की, सहरकारी तथा गरिबि निबारण बिभाग प्रमुखमा सरस्वती नेपाली, बित्त तथा कोष ब्यवस्थापन बिभाग प्रमुखमा लोकेन्द्र भण्डारी, निर्वाचन बिभाग प्रमुखमा दिनेश प्रशाद भट्ट, स्थानिय बिकाश बिभाग प्रमुखमा उकेन्द्र बोहरा तोकिएका छन् ।
यस्तै प्रचार तथा प्रकाशन बिभाग प्रमुखको जिम्मेवारी लोकेन्द्र भण्डारीलाई दिईएको छ । यस्तै बैठकले युवा फाट प्रमुखमा बिष्ना चन्द, महिला फाट प्रमुखमा कबिता भण्डारी, विद्यार्थी फाट प्रमुखमा जयन्त कुवर, किसान फाट प्रमुखमा प्रजापति जोशी, उत्पीडित जातीय मोर्चा फाट प्रमुखमा चन्द्री राम, मजदुर फाट प्रमुखमा बिरेन्द्र कार्की र र पेशागत फाट प्रमुखको जिम्मेवारी अमर कुवँरलाई दिईएको प्रचार तथा प्रकाशन बिभाग प्रमुख भण्डारीले बताउनुभएको छ ।















