ज्ञानेन्द्र शाहीले राप्रपामा प्रवेश गर्दै

Image

काठमाण्डाैं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ।

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएकाछन ।

दुई पक्षबीच यसअसघ नै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । उक्त वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामि नेपाली अभियानलाइ राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको छ ।

महामन्त्री डा धवल शमशेर राणाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो।

ज्ञानेन्द्र शाहीले चलाएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान आज राप्रपामा समाहित आज साढे ११ बजे राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र उक्त अभियानबीच समायोजन घोषणासभा राखिएको छ ।