काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (मंगलबार) एक खेल हुँदैछ । प्रतियोगिताको चौथो दिन सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
पुनेमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा हैदरावाद जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । गतसिजन कमजोर बनेको हैदरावाद आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
यता राजस्थान पनि सहज जित निकाल्ने योजनामा छ । राजस्थान सन्जु श्यामसनको कप्तानीमा मैदान उत्रनेछ भने हैदरावाद केन विलियमसनको कप्तानीमा मैदान उत्रनेछ ।
दुई टोलीबीचको पछिल्लो पाँच भेटमा राजस्थानले तीन खेल जितेको छ । हैदरावादले दुई खेल जितेको छ । गत संस्करण दुबै टोलीले एक एक खेल जितेका थिए । यस पटकको आईपीएलमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि आठ टोलीले खेल्दै आएका थिए ।
राजस्थानको सम्भावित प्लेइङ–११ : यशस्वी जैसवाल, जोस बटलर, देवदत्त पाडिक्कल, सञ्जु सामसन (कप्तान/विकेटकीपर), सिमरोन हेटमायर, रियान पराग, जिमी नीशम, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णा ।
हैदरावादको सम्भावित प्लेइङ–११ : राहुल त्रिपाठी, अभिषेक शर्मा, केन विलियम्सन, निकोलस पूरन, एडेन मार्करम, अब्दुल समद, वासिङ्टन सुन्दर, मार्को जेन्सन/रोमारियो शेफर्ड, भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिक ।













