जेसीज सप्ताहअन्तर्गत क्रिक्सल प्रतियोगिताको उपाधि जेसीआई बसामाडीलाई

Image

हेटौंडा । जेसीज सप्ताह २०२६ अन्तर्गत आयोजित क्रिक्सल प्रतियोगिताको उपाधि जेसीआई बसामाडीले जितेको छ । फाइनल खेलमा जेसीआई बसामाडीले जेसीआई हेटौंडा जेनजीलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

फाइनलमा जेसीआई हेटौंडा जेनजीले दिएको ८८ रनको लक्ष्य जेसीआई बसामाडीले ६ विकेट गुमाएर पूरा गरेको थियो । उत्कृष्ट प्रदर्शन गरेका बसामाडीका सुरज भट्टराई फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।

यसअघि भएको सेमिफाइनल खेलमा जेसीआई बसामाडीले जेसीआई हेटौंडालाई ३ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । उक्त खेलमा जेसीआई हेटौंडाले दिएको ८४ रनको लक्ष्य बसामाडीले पूरा गरेको थियो ।

अर्को सेमिफाइनलमा जेसीआई हेटौंडा जेनजीले बाई पाएर फाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा जेनजीले जेसीआई बकैयालाई ३ विकेटले पराजित गरेको थियो । बकैयाले दिएको ६० रनको लक्ष्य जेनजीले पूरा गरेको थियो ।

प्रतियोगितामा जेसीआई बसामाडीका सुरज भट्टराई म्यान अफ द सिरिजसमेत घोषित भए ।यसअघि भएको सेमिफाइनल खेलमा जेसीआई बसामाडीले जेसीआई हेटौंडालाई ३ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । उक्त खेलमा जेसीआई हेटौंडाले दिएको ८४ रनको लक्ष्य बसामाडीले पूरा गरेको थियो ।

अर्को सेमिफाइनलमा जेसीआई हेटौंडा जेनजीले बाई पाएर फाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा जेनजीले जेसीआई बकैयालाई ३ विकेटले पराजित गरेको थियो । बकैयाले दिएको ६० रनको लक्ष्य जेनजीले पूरा गरेको थियो ।

प्रतियोगितामा जेसीआई बसामाडीका सुरज भट्टराई म्यान अफ द सिरिजसमेत घोषित भए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रममा माया स्पोर्ट्सका विप्लव पौडेल अतिथि रहेका थिए भने कार्यक्रम संयोजक जेसी मित्र गौतम रहेका थिए ।